logo

२०८३ साउन १३ बुधबार

सप्ताह ब्यापी खेलकुद सम्पन्न

सप्ताह ब्यापी खेलकुद सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, २४ मंसिर २०८१
  • 6K
    SHARES

    काठमाडौ: सेवा सदन स्कुल बतीसपुतलीले ३०औ  शुभ वार्शिकोत्सबको अवसर पारेर वार्शिक खेलकुद दिवस भब्य रुपमा मनाएको छ।
    नेपाल पुलिस एकेडेमी महाराजगन्जमा आयोजित सो कार्यक्रममा अभिभावक बिद्यार्थी र खेलकुद सङ्ग सम्बन्धित ब्यक्ती हरुको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको छ।

    कार्यक्रममा मार्च पास, भलिबल फुटबल लगायतका बिबिध कार्यक्रमहरु आयोजना गरिएको थियो । बिजयीहरु लाई कार्यक्रममा पुरस्कार बितरण गर्दै प्रमुख अतिथि शिक्षाबिद डा रामप्रसाद दाहालले शारिरीक र बोधिक सन्तुलन गरि अगाडि बढन यस्तो खेलकुद ले महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो।

    समारोहको सभापतित्व बिधालयकि सस्थापक उषा गिरीले सभापतित्व गर्नु भएको थियो भने निर्देशक कल्पना गिरीले बिधालयले खेलकुदमा पुर्या एको योगदानको चर्चा गर्नु भएको थियोे ।

    पृन्सिपल निता मजुमदारले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा बिदेशी नागरिक स्टेफेन, गोरो साङ , आइ टि बिज्ञ महेश शिह कठायत लगायतका पाहुनाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend