logo

२०८३ साउन १३ बुधबार

एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू


हाम्रो राष्ट्र
  • मंगलबार, २५ मंसिर २०८१
  • 2.1K
    SHARES

    काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

    आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । अपराह्न ४ बजे बोलाइएको बैठक केही ढिला सुरू भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend