logo

२०८३ साउन १४ बिहिबार

मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई

मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई


हाम्रो राष्ट्र
  • शनिबार, २९ मंसिर २०८१
  • 2.3K
    SHARES

    Dof/fyg pkflw ljh]tf /fjn uf]/vf, @( dªl;/ M uf]/vfsf] k|l;4 wfld{s:Yfn dgsfdgf dlGb/b]lv uf]/vsfnL dlGb/;Ddsf] Dof/fyg bf}8 k|ltof]lutfsf pkflw ljh]tf g]kfnL ;]gfsf s/g /fjt . lhNnf v]ns'b ljsf; ;ldltsf] coff]hgfdf zlgjf/ ePsf] k|ltof]lutfdf lgwf{l/t $@ lsnf]ld6/ !(% ld6/ b'/L pxfFn] @ 306f #^ ldg]6 & ;]s]08df k'/f ub}{ klxnf] x'g ;kmn x'g'ePsf] xf] . tl:Jf/ M bLks >]i7÷/f;;

    गोरखा: गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जित्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उहाँले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।

    उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो हुनुभएको छ । उहाँले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिनुभयो ।

    प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै रु ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभएको छ । खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगितामा एक सय ५ जना खेलाडीको सहभागिता रहेको थियो । सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिषरबाट सुरु भएको प्रतियोगिता माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

    गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम १४ वर्ष उमेरका वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही रु १२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend