logo

२०८३ साउन १३ बुधबार

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्यमन्त्री पौडेल

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्यमन्त्री पौडेल


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ पुष २०८१
  • 1.2K
    SHARES

    दमौली (तनहुँ): स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

    तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “देश र पार्टीका लागि उहाँले खेल्नुभएको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।” स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेख्नुभएको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend