logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित

प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित


हाम्रो राष्ट्र
  • शनिबार, २० पुष २०८१
  • 1.1K
    SHARES

    oplus_1024
    बैतडी: प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो ।
    दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ‘ब्याटिङ’ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३५ रन बनायो । अछामका रबिना साउदले अर्धसतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धसतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् ।
    जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रबिना साउद र वबिता धामीले समान तीन÷तीन विकेट लिए । यो खेलमा रबिना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छिन् ।
    सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजना यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ ।
    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend