एजेन्सी । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वार्टरफाइनलमा च्याम्पियनसीप क्लब बर्निललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।
सिटीको जितमा हालान्डले ३२ औँ, ३५ औँ तथा ५९ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जुलियन अल्भारेजले ६२ औँ तथा ७३ औँ मिनेटमा दुई गोल गर्दा कोल पाल्मरले ६८ औँ मिनेटमा एक गोल गरे ।
यससँगै नर्वेजियन खेलाडी हालान्डले यस सिजनमा ४२ गोल पूरा गरिसकेका छन् । इंग्लिस क्लबका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न हालान्डलाई अब केवल दुई गोल आवश्यक छ । उनले जारी सिजनमा ६ वटा ह्याट्रिक पूरा गरिसकेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend