logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

    यसअघि पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद पद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

    सरकारबाट बाहिरिएपनि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend