logo

२०८३ साउन १४ बिहिबार

सवारी दुर्घटनामा बंगलादेशमा १७ जनाको मृत्यु

सवारी दुर्घटनामा बंगलादेशमा १७ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 910
    SHARES

    बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

    हालै निर्माण गरिएको द्रुतमार्गमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।

    थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गतवर्ष सवारी दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend