logo

२०८३ असोज ७ बुधबार

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो


हाम्रो राष्ट्र
  • आइतबार, ६ माघ २०८१
  • 2.2K
    SHARES

    सिन्धुपाल्चोक: नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।

    यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडाँै तेस्रो भएको छ ।

    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend