logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा करिव ७ अंकको गिरावट

शेयर बजारमा करिव ७ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । साताको पहिलो आइतबार शेयर बजार नेप्से घटेको छ । आइतबार नेप्से ६ दशमलव ९० विन्दुले घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेको छ ।

    जलविद्युत्, होटल र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ ।

    समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend