ललितपुर, अपग्रेड GSP नेपाल पार्टनर्स मिट & नेटवर्किङ इभेन्ट २०२५ फेब्रुअरी ११ मा होटल हिमालय, ललितपुरमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधि, उद्योग विज्ञहरू तथा रिक्रूटमेन्ट व्यवसायीहरू को सहभागिता रहेको थियो। इभेन्टको मुख्य उद्देश्य सहकार्यलाई मजबुत बनाउने, शैक्षिक अवसरहरूबारे जानकारी आदान-प्रदान गर्ने र अध्ययनका नयाँ सम्भावनाहरू अन्वेषण गर्नु थियो।
कार्यक्रमको उद्घाटन अपग्रेड GSP नेपालका देशीय निर्देशक (Country Director) श्री अनिल श्रेष्ठ द्वारा स्वागत मन्तव्यका साथ सुरु भएको थियो। त्यसपछि नेपालका लागि अस्ट्रेलियाली राजदूत महामहिम लिआन जोनस्टन द्वारा पानस प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरियो। नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान बजाएर दुई देशबीचको शैक्षिक सहकार्यको सम्मान व्यक्त गरियो।
GSP कर्पोरेटका चिफ ग्रोथ अफिसर श्री अली बट ले शैक्षिक साझेदारीको महत्त्वबारे चर्चा गर्दै, विद्यार्थीहरूको अध्ययन विदेश जाने प्रक्रियालाई अझ सरल बनाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको प्रमुख आकर्षण महामहिम लिआन जोनस्टनको सम्बोधन रहेको थियो, जसमा उहाँले अस्ट्रेलियाली शिक्षा प्रणाली, अन्तर्राष्ट्रिय विद्यार्थी नीतिहरू र नेपाली विद्यार्थीहरूका लागि आवश्यक भर्ना मापदण्डहरू सम्बन्धी जानकारी प्रदान गर्नुभयो। उहाँको सम्बोधनले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई सहज बनाउन शैक्षिक साझेदारीको महत्त्वलाई उजागर गर्यो।
कार्यक्रमको दोस्रो चरणमा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरूले आफ्ना शैक्षिक कार्यक्रमहरू, छात्रवृत्ति अवसरहरू, विद्यार्थी भर्ना प्रक्रिया, र सुविधाहरू सम्बन्धी जानकारी प्रस्तुत गरे। प्रस्तुति दिने प्रमुख वक्ताहरू निम्नानुसार थिए:
यी वक्ताहरूले विश्वविद्यालयका विशेष कार्यक्रमहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अवसरहरू, अध्ययन वातावरण, तथा भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरे।
कार्यक्रमको अन्तिम चरणमा प्रतिनिधिहरूलाई सम्मान प्रदान गरियो, जसपछि समूह फोटो सेसन सम्पन्न भयो। यसपछि आयोजित बफे लन्च तथा नेटवर्किङ कार्यक्रम मार्फत सहभागीहरूबीच सहकार्यको अवसरहरूबारे थप छलफल तथा विचार-विमर्श भयो।
अपग्रेड GSP नेपाल पार्टनर्स मिट & नेटवर्किङ इभेन्ट २०२५ अत्यन्तै सफल रह्यो, जसले नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षा अवसरहरूलाई अझ सरल र प्रभावकारी बनाउन मद्दत पुर्याएको छ। अपग्रेड GSP नेपालले शैक्षिक परामर्शदाता, विश्वविद्यालयहरू, र विद्यार्थीहरूलाई सहकार्यको माध्यमबाट विश्वव्यापी अध्ययन अवसरहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend