logo

२०८३ साउन १३ बुधबार

केबीए ग्लोबल क्रिक्सल क्ल्यास २०२५ सम्पन्न, गोल्डेन गेट इन्टरनेशनल कलेज विजयी

केबीए ग्लोबल क्रिक्सल क्ल्यास २०२५ सम्पन्न, गोल्डेन गेट इन्टरनेशनल कलेज विजयी


हाम्रो राष्ट्र
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 4K
    SHARES

    काठमाडौँ, केबीए ग्लोबल क्रिक्सल क्ल्यास २०२५ को रोमाञ्चक समापन संगै गोल्डेन गेट इन्टरनेशनल कलेज ले ८२ रनको जित हासिल गर्दै उपाधि उचालेको छ। फाइनल खेलमा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (CCRC) लाई पराजित गर्दै गोल्डेन गेट विजयी भएको हो।

    १० ओभर प्रति इनिङको फाइनल खेलमा, गोल्डेन गेट इन्टरनेशनल कलेजले टस जिती पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। टोलीका कप्तान अथर्व पौडेल को उत्कृष्ट ८६ रनको इनिङ को मद्दतले टोलीले १२९/४ को सशक्त स्कोर तयार गर्यो। १३० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको CCRC ७ ओभर भित्र ४८ रनमै अल आउट हुन पुग्यो।

    गोल्डेन गेट इन्टरनेशनल कलेजले च्याम्पियन बन्ने क्रममा नगद रु ४५,००० प्राप्त गर्यो भने CCRC ले उपविजेताको रूपमा रु २०,००० जित्यो। नेपालभरका २० उत्कृष्ट कलेजहरु को सहभागितामा सम्पन्न यस प्रतियोगितामा थुप्रै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन देखाए। तिनै मध्ये: अथर्व पौडेल (गोल्डेन गेट इन्टरनेशनल कलेज) लाई टुर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी तथा सर्वश्रेष्ठ ब्याट्सम्यान घोषित गरियो। उनले ४ खेलमा १५६ रन बनाए। हिमाल सञ्जयल ले ५ खेलमा ९ विकेट लिँदै सर्वश्रेष्ठ बलरको उपाधि जिते।

    यस प्रतियोगिताको औपचारिक समापन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसन का निर्देशक, सीईओ तथा दर्ता माइग्रेसन एजेन्ट श्री शम्भु कँडेल द्वारा गरिएको थियो। केबीए ग्लोबलले विजेता टोलीलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण टिम, खेलाडीहरू तथा आयोजकहरूलाई सफल प्रतियोगिताका लागि धन्यवाद दिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend