नुवाकोट: विदुर नगरपालिकाको वडा नं.१ स्थित ढुङ्गेको होटल याङ्ग्रामा एघारौं वोर्डमा प्रतिस्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता आत्म साथ गरेकी छिन्। नेपाल बुद्धिचाल महासंघको सह आयोजनामा सञ्चालन भइरहेको प्रथम विदुर मेयर कप खुल्ला रेटिङ बुद्धिचाल प्रति योगितामा दुई भारतका खेलाडी आशुतोष कुमार र मोहित कुमार सोनी ३ दशमलव ५ अंक बनाउदै अग्रता हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा चार चरणको खेल सम्पन्न हुदा ४ नेपाली खेलाडी एफएम रूपेश जैसवाल, एफएम क्षितिज भण्डारी, पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान अंक जोडेर संयुक्त रुपमा अगाडि रहेका छन्।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा चलिरहेको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालका वोमन नेशनल बी विजेता बिनिता कपालीले ३ अंक जोड्दै दोश्रो स्थानमा उभिन सफल भएकी छिन्। बिनिता संगै भारतका विनायक सिं यादव, नेपालका सिएम शुश्रुत दहाल, धिरेन राई, राजन पुरी, जनक राज जोशी र कमल श्रेष्ठले दोश्रो स्थानमा रहदै खेल जारी राखेका छन्। प्रतिस्पर्धामा अन्य १४ जना खेलाडी समान २ दशमलव ५ अंकका साथ संयुक्त तेस्रो स्थानमा छन्। ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी रहेको खेलमा अन्य खेलाडीहरु क्लासिकल विधाको चेस खेललाई निरन्तरता दिइरहेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend