logo

२०८३ साउन १४ बिहिबार

बीएफआईएन र नवारा क्यापिटल लिमिटेडबीच वित्तीय शिक्षा र परामर्श सेवाको प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) हस्ताक्षर

बीएफआईएन र नवारा क्यापिटल लिमिटेडबीच वित्तीय शिक्षा र परामर्श सेवाको प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) हस्ताक्षर


हाम्रो राष्ट्र
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 3.2K
    SHARES

    कोलम्बो, श्रीलङ्का – फेब्रुअरी २०, २०२५: नेपाल बैंकिङ, वित्त तथा बीमा संस्था (BFIN) र श्रीलङ्काको नवारा क्यापिटल लिमिटेड (NCL) बीच वित्तीय शिक्षा, अनुसन्धान तथा परामर्श सेवाको प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीतिक साझेदारी स्थापनाका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

    समझदारीपत्रमा बीएफआईएनका प्रबन्ध निर्देशक डा. बिनोद आत्रेयनवारा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. हर्ष डि सिल्भा ले कोलम्बो, श्रीलङ्कामा आयोजित कार्यक्रममा हस्ताक्षर गरे। यस अवसरमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरू तथा प्रतिनिधिहरू उपस्थित थिए।

    यस रणनीतिक साझेदारी अन्तर्गत संयुक्त कार्यशाला, तालिम कार्यक्रम, सेमिनार तथा सम्मेलनहरू आयोजना गरिनेछ। साथै, संयुक्त अनुसन्धान तथा परामर्श परियोजनाहरू सञ्चालन गरिनेछ। दुवै संस्थाले स्वीकृत छोटो तथा दीर्घकालीन पाठ्यक्रमहरू सञ्चालन गर्ने सम्भावना अध्ययन गर्दै वित्तीय क्षेत्रका कर्मचारी र कार्यकारीहरूको क्षमतावृद्धि गर्न पहल गर्नेछन्।

    सम्झौता समारोहमा, डा. बिनोद आत्रेय ले नेपालको वित्तीय क्षेत्रको क्षमतावृद्धिमा नवारा क्यापिटल लिमिटेडको विशेषज्ञतालाई उपयोग गर्दै यो साझेदारी महत्वपूर्ण हुने बताए। डा. हर्ष डि सिल्भा ले भने, दुवै संस्थाको सहकार्यबाट उच्च प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरी वित्तीय क्षेत्रका पेशेवर, संस्थाहरू तथा समग्र वित्तीय परितन्त्रलाई लाभ पुर्‍याइने बताए।

    समझदारीपत्रमा हस्ताक्षरको अवसरमा डा. बिनोद आत्रेयको नेतृत्वमा एक वरिष्ठ प्रतिनिधिमण्डल श्रीलङ्काको वित्तीय पूर्वाधार तथा सूक्ष्मवित्त क्षेत्रबारे अध्ययन गर्न श्रीलङ्का भ्रमणमा रहेको थियो।

    यस सहकार्यले ज्ञान आदानप्रदान, नवीनता र व्यावसायिक विकासलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ। यसले नेपाल र श्रीलङ्काको वित्तीय शिक्षा र परामर्श सेवा सुदृढ पार्ने प्रतिबद्धतालाई थप बल प्रदान गर्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend