logo

२०८३ साउन १३ बुधबार

काठमाडौंको एभरेस्ट होटल र जनकपुरधाममा सम्पन्न एचआरआइटी विश्वविद्यालयको कन्सल्टेन्ट मिटिङ

काठमाडौंको एभरेस्ट होटल र जनकपुरधाममा सम्पन्न एचआरआइटी विश्वविद्यालयको कन्सल्टेन्ट मिटिङ


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 2.3K
    SHARES

    काठमाडौं/जनकपुरधाम, फागुन ९ – भारतको गाजियावादस्थित एचआरआइटी विश्वविद्यालयको कन्सल्टेन्ट मिटिङ काठमाडौं र जनकपुरधाममा सम्पन्न भएको छ। पहिलो चरणको कार्यक्रम काठमाडौंको एभरेस्ट होटलमा आयोजित भएको थियो, जसको उद्घाटन एचआरआइटी विश्वविद्यालयका चान्सलर तथा पूर्व सांसद डा. अनिल अग्रवाल र काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन संकायका एसोसिएट डिन तथा अंग्रेजीका एसोसिएट प्रोफेसर खगेन्द्र आचार्यले गरेका थिए।

    काठमाडौं कार्यक्रममा गम्भीर भगतले भारतीय शिक्षा प्रणालीका विशेषता बारे चर्चा गरे भने सञ्जीव सिंह, म्यानेजिङ डाइरेक्टर, ओएम एजुकेशनल ग्रुप प्रा. लि. ले नेपाली विद्यार्थीहरूको एचआरआइटी विश्वविद्यालयमा रहँदा प्राप्त सुखद अनुभवबारे जानकारी गराए।

    दोस्रो चरणको कन्सल्टेन्ट मिटिङ जनकपुरधाममा सम्पन्न भयो, जसको आयोजना जनकपुर एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन (जेईसीए) ले गरेको थियो। कार्यक्रममा शिक्षासँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।

    जनकपुर कार्यक्रममा विश्वविद्यालयका प्रशासन प्रमुख समृद्धि त्यागीले एचआरआइटी विश्वविद्यालय नेपाली विद्यार्थीहरूको प्रमुख रोजाइमा परेको बताउँदै उनीहरूलाई विशेष सुविधा प्रदान गरिरहेको उल्लेख गरिन्। साथै, प्रदेश सांसद रामअशिष यादवको सिफारिसमा प्रत्येक वर्ष एकजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरिन्।

    समारोहमा प्रदेश सांसद यादव, राजर्षि जनक विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साह, डिन डा. नागेन्द्र कटुवाल, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य दीपक ठाकुरलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। सांसद यादवले नेपाल सरकारले शिक्षालाई प्राथमिकतामा राखेर विशेष योजना ल्याउनु पर्नेमा जोड दिए।

    कार्यक्रममा मिथिला नाट्य कला परिषद्का कलाकारहरूले मनमोहक मैथिली गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend