logo

२०८३ साउन १४ बिहिबार

अपग्रेड GSP नेपालद्वारा ग्रिफिथ विश्वविद्यालय तालिम सत्र सम्पन्न

अपग्रेड GSP नेपालद्वारा ग्रिफिथ विश्वविद्यालय तालिम सत्र सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, १६ फाल्गुन २०८१
  • 2.9K
    SHARES

    काठमाडौँ , अपग्रेड GSP नेपालले आफ्ना सब-एजेन्ट साझेदारहरूको लागि ग्रिफिथ विश्वविद्यालयसँग सहकार्य गरी विशेष तालिम सत्रको आयोजना गरेको छ। कार्यक्रममा ग्रिफिथ विश्वविद्यालयका प्रतिनिधि नकल तर्हेनले एजेन्टहरूलाई विश्वविद्यालयको भर्ना मापदण्ड, शैक्षिक कार्यक्रमहरू तथा अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरे।
    यस तालिमले एजेन्टहरूलाई अद्यावधिक जानकारीसहित विद्यार्थीहरूलाई उचित परामर्श दिन सक्षम बनाएको छ। अस्ट्रेलियाको प्रतिष्ठित ग्रिफिथ विश्वविद्यालय अनुसन्धान, नवीनता, र उद्योग केन्द्रित शिक्षामा अग्रणी मानिन्छ। पाँच क्याम्पसहरू र १३० भन्दा बढी राष्ट्रका विद्यार्थीहरूलाई आकर्षित गर्ने यस विश्वविद्यालयले उच्चस्तरीय शैक्षिक वातावरण प्रदान गर्दछ।
    अपग्रेड GSP नेपाल एक विश्वसनीय शैक्षिक परामर्श संस्था हो, जसले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूमा अध्ययन गर्न सहयोग गर्दै आएको छ। यसको फराकिलो सब-एजेन्ट नेटवर्क तथा संस्थागत साझेदारीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श प्रदान गर्दै आएको छ।
    कार्यक्रमको समापनमा अपग्रेड GSP नेपालका निर्देशक अनिल श्रेष्ठले सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूलाई सही जानकारी उपलब्ध गराउन एजेन्टहरूलाई तालिम प्रदान गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उल्लेख गरे। यस कार्यक्रममा अपग्रेड GSP नेपाल र ग्रिफिथ विश्वविद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू विस्तार गर्न योगदान पुर्याएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend