logo

२०८३ साउन १५ शुक्रबार

केन्यामा विपक्षीको प्रदर्शनमाथि रोक

केन्यामा विपक्षीको प्रदर्शनमाथि रोक


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 936
    SHARES

    केन्याको राष्ट्रिय प्रहरी सेवाले मुख्य विपक्षी गठबन्धनले आज राजधानी नैरोबीमा आयोजना गर्न लागिएको जनप्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ।

    नैरोबीका प्रहरी कमाण्डर एडमसन बुन्गेईले विपक्षी दलको अजिमियो ला उमोजा गठबन्धनद्वारा आयोजित विरोध प्रदर्शनलाई गैरकानूनी घोषणा गरेका छन् ।

    यस्ता विरोध प्रदर्शनले शान्ति सुरक्षामा खतरा उत्पन्न हुनसक्ने र त्यसले आर्थिक समस्या निम्त्याउने भन्दै विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाइएको हो ।

    कमाण्डर बुङ्गेईले चुनावी सुधारको साथसाथै जनताले सामना गरिरहेको मुद्रास्फीतिको दबाबलाई सम्बोधन गर्न सरकारलाई दबाब दिनको लागि गरिएको प्रदर्शन असंवैधानिक भएकाले प्रतिबन्ध लगाइएको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend