
काठमाडौँ । नेपालको परामर्श व्यवसायमा पहिलो बी-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (UCA) को ‘एनुअल रिट्रिट प्रोग्राम ७.०’ भक्तपुरको फर्चुनेट रिसोर्टमा शुक्रवार र शनिवार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा युसिएलाई नयाँ उचाइमा पुर्याउने साझा प्रतिबद्धतासहित संस्थागत समिक्षा, रणनीतिक योजना, सम्मान तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिए।
कार्यक्रमको औपचारिक सत्र युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा युसिएका पूर्वअध्यक्ष विनोद कुमार सुवेदी, अन्तर्राष्ट्रिय विभाग प्रमुख ईश्वर कुमार घिमिरे, तथा बोर्ड सदस्यहरू रामचन्द्र ओली, सुवास विक्रम राई, बालकृष्ण बिस्ट, उमाकान्त शर्मा र त्रिलोचन अधिकारीको उपस्थिति रहेको थियो।
सम्मानित अतिथिहरूलाई स्वागत गर्दै खादा तथा ब्याज प्रदान गरिएको थियो। त्यसपछि राष्ट्रिय गान, दीप प्रज्वलन र स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो। स्वागत मन्तव्य युसेका अन्तर्राष्ट्रिय विभाग प्रमुख ईश्वर कुमार घिमिरेले दिएका थिए।
उनले युसेलाई नेपालीहरूद्वारा सञ्चालित पहिलो बी-टु-बी कम्पनीका रूपमा उल्लेख गर्दै, ३५० भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँगको सहकार्यको अनुभव सुनाए। उनले साझेदारहरूप्रति आभार प्रकट गर्दै सामूहिक प्रयासबाट संस्था अझै सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न देशका शैक्षिक प्रतिनिधिहरूले आफूले प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाको बारेमा जानकारी गराए। युनिभर्सिटी अफ युरोप फर एप्लाइड साइन्सेस (जर्मनी) की रक्षा कर्माचार्य, एल्महर्स्ट युनिभर्सिटी (अमेरिका) का ज्याक्सन सुवेदी, ब्रिट्स इम्पेरियल युनिभर्सिटी (दुबई) का मानव शाह र सञ्जीव सापकोटा, IDB Global Services का सुबास पुडासैनी लगायतले आफ्ना प्रस्तुती दिएका थिए।
कार्यक्रमको विशेष आकर्षणमध्ये एक थियो, युसे मार्फत उत्कृष्ट प्रदर्शन गर्ने साझेदार संस्था तथा कर्मचारीहरूको सम्मान। भिसा विभागतर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरू:
गोल्डेन लिफ एजुकेशनल कन्सल्टेन्सी
नोबेल इन्टरनेशनल कन्सल्टेन्सी
एडु सिटी इन्टरनेशनल एजुकेशन
त्यस्तै, टेस्ट रजिस्ट्रेशन विभाग अन्तर्गत:
नर्दन स्टार एजुकेशन कन्सल्टेन्सी
IDB Global Pvt. Ltd.
Secured Life International Group
उत्कृष्ट कर्मचारीका रूपमा अस्मिता ओली र प्रतिषा दाहाललाई सम्मान गरियो।
कार्यक्रममा युसेका नयाँ तीन साझेदार दिवाकर कुइँकेल, अमित शाह र विद्या राज सिवाकोटीले युसेसँगको सहकार्य अनुभव साझा गरे। उनीहरूले युसेको सहयोग, पारदर्शिता र पहुँचप्रति प्रशंसा गर्दै युसेलाई अन्य बी-टु-बी कम्पनीभन्दा फरक र प्रभावकारी भएको बताए।
कार्यक्रमको समापन मन्तव्य युसेका अध्यक्ष रामशरण ढकालले दिएका थिए। उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै युसेको वर्तमान अवस्थाबारे स्पष्ट चर्चा गरे। ३५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिँदै, अझ सुधार र उत्कृष्टताको दिशामा युसे अग्रसर रहने उनले बताए।
कार्यक्रमको सञ्चालन UCA का बोर्ड सदस्य रामचन्द्र ओलीले कुशलतापूर्वक गरेका थिए।
कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्:
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend