logo

२०८३ साउन १४ बिहिबार

Macquarie एप्लिकेसन डे ल्यान्डमार्क एजुकेशनमा सफलतापूर्वक सम्पन्न

Macquarie एप्लिकेसन डे ल्यान्डमार्क एजुकेशनमा सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २८ चैत्र २०८१
  • 2.9K
    SHARES

    आईटी प्लाजा, कमलादीस्थित ल्यान्डमार्क एजुकेशनको कार्यालयमा Macquarie एप्लिकेसन डे सफलता पूर्वक सम्पन्न भयो।  जसमा अस्ट्रेलियाको प्रतिष्ठित Macquarie University का दुईजना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो – मिस्टर तनवीर शाहिद, डाइरेक्टर अफ इन्टरनेशनल रिकृटमेन्ट (फ्युचर स्टुडेन्ट्स) र मिस्टर एम.डी. माजादुल आलम, रिजनल कोअर्डिनेटर, साउथ एसिया (फ्युचर स्टुडेन्ट्स)। कार्यक्रमका दौरान दुबै अतिथिहरूले म्याक्वारी युनिभर्सिटीको शैक्षिक गुणस्तर, विश्वव्यापी र्याङ्किङ, छात्रछात्राहरुलाई प्रदान गरिने सेवा सुविधा र क्यारियरमैत्री कोर्सहरूबारे जानकारी दिएका थिए। साथै, उनीहरूले ल्यान्डमार्क एजुकेशनको साथ र सहयोगप्रति कृतज्ञता प्रकट गर्दै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न ल्यान्डमार्कको योगदानको प्रशंसा गरे।

    ल्यान्डमार्क एजुकेशनका प्रबन्ध निर्देशक श्री कुमार कार्कीले विश्वविद्यालय प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो। उहाँले ल्यान्डमार्क एजुकेशनको इतिहासबारे छोटो जानकारी दिँदै विश्वविद्यालय टोलीलाई धन्यवाद प्रकट गर्नुभयो। साथै, उहाँले संस्थाले विगतदेखि नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन खेलेको भूमिकालाई पनि उल्लेख गर्नुभयो। कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालय प्रतिनिधिहरूसँग भेटघाट गर्ने, कोर्स र अवसरबारे जानकारी लिने र एप्लिकेसन सम्बन्धी परामर्श प्राप्त गर्ने अवसर प्रदान गर्यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend