logo

२०८३ साउन १४ बिहिबार

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.6K
    SHARES

    जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

    किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नेछन् ।

    पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक बोलेका थिए ।

    दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।

    भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ’रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

    दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।

    किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend