logo

२०८३ साउन १५ शुक्रबार

नेपाल शैक्षिक परामर्श संस्था महासंघ (FECON) मा नयाँ नेतृत्व चयन, उमेश कुश्वार अध्यक्षमा निर्वाचित

नेपाल शैक्षिक परामर्श संस्था महासंघ (FECON) मा नयाँ नेतृत्व चयन, उमेश कुश्वार अध्यक्षमा निर्वाचित


हाम्रो राष्ट्र
  • आइतबार, २८ बैशाख २०८२
  • 3.5K
    SHARES

    काठमाडौँ – शैक्षिक परामर्श संस्थाहरूको साझा छाता संस्था फ्री एजुकेशनल कन्सलटेन्सिज अर्गनाइजेसन नेपाल (FECON) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको नेतृत्वमा नयाँ ऊर्जा र दिशाको संकेत गर्दै श्री उमेश कुश्वार अध्यक्ष पदमा निर्वाचित भएका छन्।

    संघको उपाध्यक्षमा श्री छविलाल ओझा र श्री श्री बालकृष्ण बिस्ट (गगन)  निर्वाचित भएका छन् भने महासचिवको जिम्मेवारी श्री दिपेन्द्र पोखरेल ले सम्हाल्ने भएका छन्। सचिव पदमा श्री आरसी केसी र श्री आरके ढकाल चयन भएका छन्। कोषाध्यक्षमा श्री गौतम पुडासैनी र सह-कोषाध्यक्षमा श्रीमती मञ्जु लामिछाने नियुक्त भएका छन्। त्यस्तै, नव-निर्वाचित कार्यसमिति सदस्यहरूमा श्रीमती मन्दिरा सिटौला ज्ञवाली, श्री निराजन रोका, श्री धीरज रायमाझी, श्री निराजन शिवाकोटी, श्री बैकुण्ठ उप्रेती, श्री योगेन्द्र चौहान र श्री रिजन मडै रहेका छन्।

    नयाँ कार्यसमितिबाट नेपालको शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने रणनीतिक पहलहरू अघि बढाइने अपेक्षा गरिएको छ। पूर्व अध्यक्ष श्री राजु निरौला लाई कार्यकालभर देखाएको समर्पण र उल्लेखनीय नेतृत्वका लागि धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा FECON संस्थागत रूपमा थप मजबुत बनेको र व्यावसायिक आचारसंहिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गरिएको छ।

    नयाँ कार्यसमितिको चयनसँगै, शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाहरूले नैतिक र उत्तरदायी अभ्यासहरूलाई प्रवर्द्धन गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शैक्षिक पहुँच विस्तारमा FECON अझ प्रभावकारी ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend