logo

२०८३ साउन १५ शुक्रबार

यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइनँः प्रधानमन्त्री

यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइनँः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1K
    SHARES

    sf7df8f}F, @^ k';M k|ltlglw;ef a}7sdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ a;]sf] k|ltlglw;efsf] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने आफूले नसोचेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्रीले सत्ता साझेदार दलहरुबीच कुनै नीतिगत भिन्नता नभएको र व्यक्तिगत सम्बन्ध पनि सुमधुर भएकै अवस्थामा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको बताएका हुन् ।

    राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रस्तावपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएकाले पुनः विश्वासको मत लिनुपरेको उनको भनाइ थियो । समर्थन फिर्ता लिने निर्णयको प्रतिरक्षा सम्बन्धित दलले नै गर्ने उनको भनाइ छ ।

    पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए । विपक्षमा २ मत खसेको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend