logo

२०८३ साउन १४ बिहिबार

हब इन्टरनेशनल एजुकेशन : तपाईँको अन्तर्राष्ट्रिय अध्ययन यात्राको भरपर्दो साझेदार

हब इन्टरनेशनल एजुकेशन : तपाईँको अन्तर्राष्ट्रिय अध्ययन यात्राको भरपर्दो साझेदार


हाम्रो राष्ट्र
  • सोमबार, ६ जेष्ठ २०८२
  • 5.3K
    SHARES

    हब इन्टरनेशनल एजुकेशन – सफलताको १८ बर्ष

    सन् २००६ मा श्री उद्धव बहादुर खड्काद्वारा स्थापित हब इन्टरनेशनल एजुकेशन आज नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वासिलो नाम बनिसकेको छ। नेपालबाट विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि थालनी गरिएको सानो प्रयास आज १८ वर्षपछि विश्वभरका विद्यार्थीहरूलाई सेवा पुर्याउने एक प्रतिष्ठित संस्था बनेको छ। पछिल्ला वर्षहरूमा हब इन्टरनेशनलले हजारौँ विद्यार्थीहरूलाई विश्वका नामी विश्वविद्यालयहरूमा पुग्न सहयोग गर्दै आएको छ। नेपाल, संयुक्त अरब इमिरेट्स (UAE), फिलिपिन्स, भियतनाम, भारतलगायतका देशहरूमा आफ्ना कार्यालयहरू स्थापना गरी हबले विद्यार्थीहरूलाई विश्वसनीय, व्यक्तिगत र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

    ५ सयभन्दा बढी साझेदार संस्थासँगको विश्वव्यापी पहुँच

    संस्था अहिले बेलायत, आयरल्यान्ड, न्युजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मनी, डेन्मार्क, फिनल्याण्ड, स्वीडेन र दुबई लगायतका देशका पाँच सयभन्दा बढी विश्वविद्यालय तथा कलेजहरूसँग साझेदारीमा कार्यरत छ, जसले विद्यार्थीहरूलाई अध्ययनका अनगिन्ती अवसरहरू उपलब्ध गराउँछ। सन् २०२४ मा हब इन्टरनेशनल एजुकेशनले इन्टरनेशनल फेयर अवार्ड्समा “कन्सलटेन्सी अफ द इयर” को उपाधि जित्यो। यो पुरस्कारले संस्था द्वारा दिइँदै आएको इमानदार, गुणस्तरीय र विद्यार्थीमुखी सेवाको प्रमाण दिएको छ।

    CSR कार्यक्रम – किनभने तपाईंको भविष्य महत्वपूर्ण छ

    हजारौँ विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल यस संस्थाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उच्चतम मापदण्ड स्थापना गरेको छ। विद्यार्थीहरूप्रति संस्थाको उत्तरदायित्व दर्शाउने एउटा विशिष्ट कार्यक्रम हो– “कन्सलटेन्सी स्टुडेन्ट रिस्पोन्सिबिलिटी (CSR)”। यस कार्यक्रम अन्तर्गत बेलायतमा अध्ययनका लागि भिसा प्राप्त गर्ने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप र ल्यापटप ब्याग प्रदान गरिन्छ। यस कदमले विद्यार्थीहरूलाई प्रारम्भिक अध्ययनकालमै आवश्यक प्रविधीय सहायतासहितको वातावरण उपलब्ध गराउने उद्देश्य राखेको छ।

    CEO श्रीमती सरिता खड्काको सन्देश

    संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) श्रीमती सरिता खड्का विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति दृढ प्रतिवद्धता राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामी हब इन्टरनेशनल एजुकेशनमा विद्यार्थीहरूको सपना साकार पार्ने भरोसायोग्य साझेदार बन्न पाउँदा गर्व गर्छौँ। विदेशमा अध्ययन गर्नु जीवन परिवर्तन गर्ने निर्णय हो, त्यसैले सो निर्णय बुझेर र सही जानकारीका आधारमा लिनुपर्छ। तपाईँले रोज्ने देश, विश्वविद्यालय वा कलेज र उपलब्ध छात्रवृत्तिहरूबारे राम्रोसँग अनुसन्धान गर्नु आवश्यक छ। शिक्षा मन्त्रालयमा दर्ता भइसकेको कन्सलटेन्सी रोज्नु नै सबैभन्दा सुरक्षित र भरपर्दो विकल्प हो। हामी तपाईंको अध्ययन यात्रालाई सहज, किफायती र सफल बनाउने पूर्ण प्रयासमा समर्पित छौं।”

    भर्ना प्रक्रिया सँगै बिध्यार्थीहरूको उज्ज्वल भविष्य प्रती केन्द्रीत

    हब इन्टरनेशनल एजुकेशनले केवल भर्ना प्रक्रियामा मात्र होइन, सम्पूर्ण अध्ययन यात्राभर निरन्तर साथ दिन्छ। विद्यार्थीले उचित पाठ्यक्रम छनोट गर्न, आवेदन प्रक्रिया बुझ्न, छात्रवृत्ति पाउन, भिसा प्रक्रियामा सहयोग लिन, प्रि-डेपार्चर गाइड पाउन र विदेश पुगेपछि आवश्यक परामर्श सेवासम्म प्राप्त गर्न सक्दछन्। अनुभवी र दक्ष शैक्षिक परामर्शको टिमले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्छ। आज हब इन्टरनेशनल एजुकेशन केवल कन्सलटेन्सी मात्र नभई, नेपाल तथा अन्य मुलुकका हजारौँ विद्यार्थीहरूको सपना पुरा गर्ने एउटा अभियान बनेको छ। शिक्षा, इमानदारी र समर्पणका साथ, हबले नेपाली विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने अभियानलाई अगाडि बढाइरहेको छ।

    यदि तपाईं युके, युएसए, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्ड र इन्डिया जस्ता शैक्षिक गन्तव्यहरूतर्फ लक्षित हुनुहुन्छ भने, हब इन्टरनेशनल तपाईंको पहिलो र सबैभन्दा विश्वासिलो पाइला हुन सक्छ। आजै तपाईंको अन्तर्राष्ट्रिय शिक्षा यात्रा सुरु गर्न हब इन्टरनेशनल एजुकेशनमा सम्पर्क गर्नुहोस्। १८ वर्षको अनुभव, हजारौँ सफल कथाहरू, र उज्यालो भविष्यप्रतिको प्रतिबद्धतासाथ, हब इन्टरनेशनल एजुकेशन तपाईंको सपना पुरा गर्न सधैँ तयार छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend