logo

२०८३ साउन १४ बिहिबार

एमालेले प्रधानमन्त्रीसँग माग्यो सत्ता सहयात्रा टुंग्याउनुको कारण

एमालेले प्रधानमन्त्रीसँग माग्यो सत्ता सहयात्रा टुंग्याउनुको कारण


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीसँग नेकपा एमालेसँग सहयात्रा
    टुंग्याउनुको जवाफ माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा उपाध्यक्ष पौडेलले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन् । उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए ।

    उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट गएको भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने बताए ।

    उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पारे ।

    उनले भने, ‘प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो । यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’

    उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend