logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीलाई नयाँ गाडी दिएको तर उहाँ पुरानै गाडी चलाउँछु भनेर हिँड्नुभयोः अध्यक्ष लिङ्देन

प्रधानमन्त्रीलाई नयाँ गाडी दिएको तर उहाँ पुरानै गाडी चलाउँछु भनेर हिँड्नुभयोः अध्यक्ष लिङ्देन


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै प्रधानमन्त्री भाग्यमानी भएको बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले फेरि केही दिनमा विश्वासको मत लिने दिन नआओस् भन्दै सचेत गराए । उनले प्रधानमन्त्री प्रचण्डले आफूहरूको साथ छाडेको भन्दै नयाँ यात्राको लागि शुभकामना दिए ।

    उनले आफूहरू निश्चित मान्यता र निश्चित समझदारीका आधारमा सरकारमा गएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले अकारण बाटो फेरेको बताए ।

    उनले भने, ‘उहाँलाई नयाँ गाडी दिएको तर उहाँ पुरानै गाडी चलाउँछु हिँड्नुभयो । पटक–पटक गाडी फेरिरहेकाले अनुभवी भनेर आफूहरुको नयाँ गाडी प्रचण्डलाई चलाउन दिएको तर उहाँले छोडेर हिँडेका हामीहरु आफ्नो बाटोमा हिँडयौं ।’

    सबैलाई सरकारमा लैजाने र सबैलाई भागवण्डा गर्ने परिकल्पना यो व्यवस्थाले नगरेको लिङ्देनको भनाइ छ । आफूहरूले नभएर प्रधानमन्त्रीले आफूलाई धोका दिएको लिङ्देनले टिप्पणी गरे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend