logo

२०८३ साउन १३ बुधबार

Bizz Education को “UK Admission Day 2025” कार्यक्रम गाठ्ठाघरमा सफलतापूर्वक सम्पन्न

Bizz Education को “UK Admission Day 2025” कार्यक्रम गाठ्ठाघरमा सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, ६ असार २०८२
  • 4.1K
    SHARES

    काठमाडौं – बिज एजुकेशनले आगामी २८ जुन २०२५ मा विशेष शैक्षिक कार्यक्रम “एडमिशन डे २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बिज एजुकेशन गठ्ठाघरमा आयोजना हुने जानकारी दिइएको छ।

    यस कार्यक्रममा बेलायतका प्रमुख विश्वविद्यालयहरूका प्रतिनिधिहरू नेपालमा उपस्थित हुनेछन् र विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, स्कलरसिप, कोर्स संरचना, तथा युकेको शिक्षा प्रणालीबारे विस्तृत जानकारी दिनेछन्।

    कार्यक्रममा सहभागी हुने प्रमुख प्रतिनिधिहरूमा  युसुफ काफो – Head of International Recruitment, University of Derby, उला टाङ प्लोम्यान – Executive Director International, The University of Law, ब्रज भूषण झा – Regional Manager (Sri Lanka & Nepal), Bangor University रहेका छन्।

    बिज एजुकेशन गठ्ठाघरले युके अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई परामर्श, डकुमेन्टेशन सहयोग, भिषा तयारी, र प्रि-डेपार्चर गाइडेंसजस्ता सेवा नियमित रूपमा दिँदै आएको छ।

    त्यस्तै, युकेस्थित बिज एजुकेशन अफिसले बेलायतमा रहेका नेपाली विद्यार्थीहरूलाई आवास, पार्टटाइम जागिर खोजी, स्वास्थ्य बीमा तथा आकस्मिक परामर्श सेवाहरू प्रदान गर्दै उनीहरूको शैक्षिक यात्रालाई थप सहज बनाउँदै आएको छ।

    बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूसँगको साझेदारी र नियमित विद्यार्थी-केंद्रित कार्यक्रमहरूमार्फत बिज एजुकेशनले युकेमा अध्ययनको सपना देख्ने नेपाली विद्यार्थीहरूका लागि विश्वासिलो साथिको रूपमा आफूलाई स्थापित गरिरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend