logo

२०८३ असोज ६ मंगलबार

पहिलो BIZZ +2 अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ असार २४ देखि २६ गतेसम्म

पहिलो BIZZ +2 अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ असार २४ देखि २६ गतेसम्म


हाम्रो राष्ट्र
  • आइतबार, १५ असार २०८२
  • 3K
    SHARES

    भक्तपुर, Bizz Education को आयोजनामा र मध्यपुर युवा संघ को सहकार्यमा पहिलो BIZZ ७-साइड +2 अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ यहि असार २४ देखि २६ गतेसम्म भक्तपुरको रॉयल नेपाल फुटसल, दिव्येश्वरी प्लानिङ, सानोठिमी मा आयोजना हुने भएको छ। युवा तथा खेलप्रेमी विद्यार्थीहरूलाई एकजुट गर्दै खेलकुदको माध्यमबाट नेतृत्व, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा अधिकतम २४ वटा +2 कलेजका टिमहरू प्रतिस्पर्धा गर्नेछन्, जुन लिग-कम-नकआउट प्रणाली अनुसार सञ्चालन हुनेछ।

    समूह चरणको प्रत्येक खेल २×१० मिनेट को हुनेछ भने फाइनल खेल २×१५ मिनेटको हुनेछ। नकआउट चरणमा बराबरी भएमा सिधा पेनाल्टी सुटआउटबाट निर्णय गरिनेछ। समूह विजेताहरू नकआउट चरणमा प्रवेश गर्नेछन्।

    प्रतियोगितामा सहभागी हुन खेलाडीहरूले +2 कलेजको परिचयपत्र, नेपाली नागरिकता प्रमाणपत्र, NEB वा विश्वविद्यालय दर्ता प्रमाणपत्र, तथा ग्रेडसिट वा शैक्षिक प्रमाणपत्रहरू पेश गर्नुपर्नेछ। असार २० गतेभित्र टोलीको अन्तिम सूची र असार २१ गतेभित्र सहभागिता सुनिश्चित गर्ने पत्र बुझाउनु पर्नेछ। प्रवेश शुल्क रू. १०,००० रहेको छ, जुन Sanima Bank, Gorkhe Enterprises (A/C No: 076010010000798) मा जम्मा गर्नुपर्नेछ। प्रत्येक टोलीले १२ जना खेलाडी र २ जना अफिसियल मात्र दर्ता गर्न पाउनेछन्।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित रू. १,००,००० प्रदान गरिनेछ भने उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित रू. ५०,००० दिइनेछ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई रू. १५,००० र उत्कृष्ट गोलरक्षकलाई रू. १०,००० नगदसहित ट्रफी प्रदान गरिनेछ। खेलहरू FIFA फूटसल नियमावली अनुरूप सञ्चालन गरिनेछ। खेल तालिका असार २२ गते टोली प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक गरिनेछ।

    थप जानकारीका लागि इच्छुक कलेजहरूले Bizz Education का राधाकृष्ण कार्की (९८४१७९१९२०) वा मध्यपुर युवा संघका राजेश श्रेष्ठ (९८४१३९६३००) सँग सम्पर्क गर्न सक्नेछन्। यो प्रतियोगिता युवा सशक्तिकरण, अनुशासन र प्रतिस्पर्धात्मक खेल भावना प्रवर्द्धन गर्ने ऐतिहासिक अवसर बन्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend