logo

२०८३ असोज ७ बुधबार

ग्लोबल गेट एजुकेशन कन्सल्टेन्सीद्वारा मल्टी-डेस्टिनेशन एजुकेशन फेयर 2025 सफलता साथ सम्पन्न

ग्लोबल गेट एजुकेशन कन्सल्टेन्सीद्वारा मल्टी-डेस्टिनेशन एजुकेशन फेयर 2025 सफलता साथ सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २२ असार २०८२
  • 10K
    SHARES

    ग्लोबल गेट एजुकेशन कन्सल्टेन्सी (GGEC) ले आयोजना गरेको मल्टी-डेस्टिनेशन एजुकेशन फेयर 2025 सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ३० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूको सक्रिय सहभागिता रहनुका साथै ३ सयभन्दा बढी विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

    GGEC को केन्द्रिय कार्यालयमा सम्पन्न यो कार्यक्रमले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड तथा विभिन्न युरोपेली मुलुकहरूका शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिहरू र नेपाली विद्यार्थीहरूबीच प्रत्यक्ष संवादको महत्वपूर्ण अवसर प्रदान गर्‍यो।

    फेयरमा सहभागी १३ भन्दा बढी आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थीहरूले शैक्षिक कार्यक्रम, आवेदन प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा पढाइपछिको अवसरहरूबारे प्रत्यक्ष जानकारी लिने मौका पाए। विद्यार्थीहरूले आफ्नो जिज्ञासा समाधान गर्ने, मार्गदर्शन प्राप्त गर्ने तथा स्पष्ट निर्णय लिन सहज वातावरण महसुस गरेको बताए।

    कार्यक्रमको समापनमा GGEC का अध्यक्ष श्री गणेश थापाले सहभागी विश्वविद्यालयहरू, उनीहरूका प्रतिनिधिहरू, विद्यार्थी, अभिभावक तथा GGEC टिमप्रति आभार प्रकट गरे।

    “यो मेला हाम्रो उद्देश्य — नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासम्म पहुँच पुर्‍याउने अभियानमा अर्को महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष थापाले भने, “हामी हाम्रा साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनहरूमा यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जानेछौं।”

    GGEC ले छिट्टै विभिन्न गन्तव्यमा लक्षित गर्दै डेस्टिनेसन-विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend