logo

२०८३ साउन १४ बिहिबार

हेरिटेज एजुकेशनल सर्भिसेसद्वारा ग्लोबल एडमिशन डे २०२५ सफलता साथ सम्पन्न

हेरिटेज एजुकेशनल सर्भिसेसद्वारा ग्लोबल एडमिशन डे २०२५ सफलता साथ सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, ९ साउन २०८२
  • 2.8K
    SHARES

    काठमाडौं,  लामो समयदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील हेरिटेज एजुकेशनल सर्भिसेसले आयोजना गरेको ग्लोबल एडमिशन डे २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। पुतलीसडकस्थित न्यु प्लाजा शाखा कार्यालयमा आयोजित यस कार्यक्रमले बेलायत (UK), अमेरिका (USA), अष्ट्रेलिया र जर्मनीका विश्वविद्यालय प्रतिनिधिहरूलाई नेपाली विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गराउने अवसर प्रदान गर्‍यो।

    कार्यक्रम बिहीबार, जुलाई २४ तारिख बिहान ११ बजे देखि सुरु भएको थियो र बिहानैदेखि विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले निःशुल्क परामर्श सेवा, छात्रवृत्तिका अवसरहरूको जानकारी, तथा स्पट एडमिशन जस्ता सेवा एकै ठाउँबाट प्राप्त गर्न सके।

    विश्वस्तरीय शिक्षालयहरूसँग नेपाली विद्यार्थीहरूको सीधा सम्पर्क गराउन र उनीहरूलाई उपयुक्त शैक्षिक तथा करियर मार्गदर्शन प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो। विश्वविद्यालय प्रतिनिधिहरू र हेरिटेजका अनुभवी काउन्सेलरहरूले विद्यार्थीहरूको प्रश्नहरूको जवाफ दिँदै व्यक्तिगत रुपमा परामर्श प्रदान गरे।

    कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरूले हेरिटेजको व्यवस्थापन, पारदर्शी जानकारी र व्यावसायिक सेवा प्रणालीको प्रशंसा गरे। एक सहभागीले भने, “हेरिटेजले सधैंजस्तै यो पटक पनि अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र विश्वासिलो बनाएको छ।”

    १६ वर्षभन्दा बढीको अनुभव बोकेको हेरिटेज एजुकेशनल सर्भिसेसले यस कार्यक्रममार्फत फेरि एक पटक नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर प्रदान गर्न सफल भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend