logo

२०८३ साउन १३ बुधबार

ब्याजदर एकल अङ्कमा ल्याउन होटल संघको माग

ब्याजदर एकल अङ्कमा ल्याउन होटल संघको माग


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 884
    SHARES

    काठमाडौं । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

    सोमबार पत्रकार सम्मेलन गरी संघले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

    अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend