शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको बिग एजुकेशन कन्सल्टेन्सीले आगामी भदौ १ गतेका दिन ‘बिग इडीयु फेयर २०८२’आयोजना गर्ने भएको छ ।
कन्सल्टेन्सीले कक्षा १२ पास गरेर विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न आकर्षक योजनाका साथ नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा इडीयु फेयर संचालन गर्न लागेको हो ।
फेयरमा अष्ट्रेलिया, बेलायत, जापान, साउथ कोरिया, अमेरिका, जर्जिया र दुबैलगायत विभिन्न मुलुकका ख्याती प्राप्त शैक्षिक संस्थाहरुले भाग लिने बिग एजुकेशनका फाउण्डर एवं सिईओ सुरज केसी बताए । उनका अनुसार विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले आगामी फेयरमा सहभागि भएर आफ्नो छनौटको कलेज तथा विश्वविद्यालयबारे जानकारी प्राप्त गर्न एउटा अवसरको रुपमा लिन सक्नेछन् ।
‘फेयरमा सहभागि शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग विद्यार्थीले प्रत्यक्ष परामर्श लिन सक्नेछन्,’ सीईओ केसीले भने, ‘उत्कृष्ट विश्वविद्यालय एवं कलेजका प्रतिनिधि तथा एक्सपर्ट काउन्सिलरहरुसँग साक्षात्कार गर्ने यो सुनौलो अवसर पनि हो ।’
उल्लेखित मुलुकका थुप्रै ख्यातीप्राप्त युनिभर्सिटीलगायतका शैक्षिक संस्थाहरुले फेयरमा भाग लिने केसीले जानकारी दिए । फेयरमा सहभागी विद्यार्थीले विभिन्न तयारी कक्षामा आकर्षक छुटसहित पुरस्कार र छात्रवृत्तिसमेत प्राप्त गर्ने उनले बताए ।
फेयर विहान १० बजेदेखि चल्ने बिग एजुकेशनले जनाएको छ । त्यस्तै लक्की ड्रमार्फत विभिन्न आकर्षक गिफ्टह्याम्परको पनि व्यवस्था गरिएको बताइएको छ ।
विग एजुकेशनले काठमाडौंबाट मात्र नभई दाङ, धनगढी, वुटवल, नुवाकोट, पोखरा, महेन्द्रनगरमासमेत शाखा कार्यालय सञ्चालनमा ल्याई वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend