logo

२०८३ साउन १४ बिहिबार

३१ अगस्टमा हुने आप्रवासन विरोधी र्‍याली अस्वीकार्य : NRNA अस्ट्रेलिया

३१ अगस्टमा हुने आप्रवासन विरोधी र्‍याली अस्वीकार्य : NRNA अस्ट्रेलिया


हाम्रो राष्ट्र
  • बिहिबार, ५ भाद्र २०८२
  • 1.8K
    SHARES

    सिड्नी, अस्ट्रेलिया:  ३१ अगस्ट २०२५ मा आयोजना हुन लागेको “March for Australia – Australia First” नामक आप्रवासन विरोधी र्‍यालीको गैर-आवासीय नेपाली संघ (NRNA) अस्ट्रेलियाले कडा विरोध जनाएको छ।

    संघका अध्यक्ष अनिल पोखरेलले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा आप्रवासीलाई दोषारोप गर्ने तथा समाजमा विभाजन र घृणा फैलाउने खालका अभियान अस्वीकार्य भएको उल्लेख गरिएको छ।

    “अस्ट्रेलियाको पहिचान नै बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावमा आधारित छ। आप्रवासी र डायस्पोरा समुदायले राष्ट्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन ठूलो योगदान दिएका छन्,” विज्ञप्तिमा भनिएको छ।

    NRNA अस्ट्रेलियाले सामाजिक चुनौतीहरूको कारण आप्रवासीलाई बलिको बोका बनाउने प्रयास अस्वीकार्य भएको जनउँदै सबै समुदाय, सरकारी अधिकारी र नागरिकलाई जातिवाद, विदेशीविरोधी मानसिकता र विभाजनको विरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ।

    “हामी अस्ट्रेलियाका सम्पूर्ण बहुसांस्कृतिक समुदायहरूको आत्मसम्मान, समान अवसर र सम्मानजनक अस्तित्वका लागि निरन्तर आवाज उठाइरहनेछौं,” संघका अध्यक्ष पोखरेलले बिग्यप्ति मार्फत भनेका छन ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend