काठमाडौं, शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को तेस्रो वार्षिक साधारण सभा (3rd AGM) काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संगठनको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।
नव निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष अर्जुन कुमार बस्नेतले गर्नुहुनेछ। यस अवसरमा निवर्तमान अध्यक्ष प्रज्जवल बस्नेतले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्नुभएको थियो।
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ:
अध्यक्ष: अर्जुन कुमार बस्नेत
निवर्तमान अध्यक्ष: प्रज्जवल बस्नेत
उपाध्यक्षहरू: दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का
महासचिव: नरेश प्रसाद सेंडाई
सचिवहरू: मदन उप्रेती, सन्तोष बस्नेत
कोषाध्यक्ष: प्रज्वल खत्री
सह-कोषाध्यक्ष: विवेक शिवाकोटी
सदस्यहरू: ज्योती शाही, गिता कुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तमाङ्ग
साधारण सभामा शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति, चुनौती र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो। नव निर्वाचित अध्यक्ष अर्जुन कुमार बस्नेतले अघिल्लो कार्यसमितिले सुरु गरेका सकारात्मक गतिविधिलाई निरन्तरता दिँदै अझ सशक्त रूपमा संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
संगठनले साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण सदस्य, पदाधिकारी, र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दछ। साथै, नयाँ नेतृत्वले पारदर्शी, जिम्मेवार र व्यवसायी हितमा काम गर्दै शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित बनाउन अग्रसर हुने विश्वास व्यक्त गरिएको छ। Photos and News Archive Link
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend