logo

२०८३ साउन १३ बुधबार

उपनिर्वाचनका लागि चैत ८ देखि १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

उपनिर्वाचनका लागि चैत ८ देखि १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ ।

    वैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आह्वान गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो । तनहुँ–२ वाट  निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

    आयोगको सोमवारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend