logo

२०८३ असोज ७ बुधबार

इक्यानको २९ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न, शिक्षा परामर्श क्षेत्रलाई अझ व्यवस्थित बनाउने प्रतिवद्धता

इक्यानको २९ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न, शिक्षा परामर्श क्षेत्रलाई अझ व्यवस्थित बनाउने प्रतिवद्धता


हाम्रो राष्ट्र
  • सोमबार, १६ भाद्र २०८२
  • 2.3K
    SHARES

    काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले राजधानीको र्‍याडिसन होटलमा आयोजित भव्य समारोहका साथ आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ। २८ वर्षदेखि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई भरपर्दो र गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको इक्यानले आज २९ औँ वर्षमा औपचारिक प्रवेश गरेको हो।

    कार्यक्रमको सुरुवात इक्यानका तत्कालिन अध्यक्ष (IPP) प्रकाश पाण्डेको स्वागत मन्तव्यबाट भयो, जसमा उनले सबै सदस्यलाई हार्दिक स्वागत गर्दै विगतमा इक्यानसँग आबद्ध भई हाल पुनः इक्यानमा फर्किएका सदस्यलाई विशेष स्वागत गरे। कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथि गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रह्यो।

    मन्त्री गुरुङले आफ्नो सम्बोधनमा शिक्षा सुधार नै देश विकासको मूल कुञ्जी भएको बताउँदै नेपालको भविष्यलाई एजुकेशन हब बनाउन सकिने तर गुणस्तरीय बनाउन कसैले ध्यान नदिएको टिप्पणी गरे। उनले भने, “शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा कसैलाई चासो छैन। अब समृद्ध नेपाल बनाउन लडाईँ हो। सुशासन महत्वपूर्ण छ। पुराना संरचना भत्काएर नयाँ संरचना बनाउन सके मात्र समृद्धि सम्भव हुन्छ।” उनले इक्यानलाई विद्यार्थीलाई विदेश पठाउने मात्र नभई स्वदेश फर्काउने अभियान पनि ल्याउन आग्रह गरे।

    विशेष अतिथि सचिव दुवाडीले स्वदेशमा युवाको उत्साह मर्न नदिन सबै जिम्मेवार हुनुपर्ने बताए। उनले भने, “कानुनलाई उच्च सम्मान गर्दै सबैले दर्ता गरेर पारदर्शी सेवा दिनुपर्छ। अरु जे गरे पनि हामीले नै थाहा पाएर यो क्षेत्रलाई शुद्ध बनाउनुपर्ने आवश्यकता छ।”

    कार्यक्रममा संस्थापक अध्यक्ष एसके श्रेष्ठ, ब्रिटिश काउन्सिलकी महाप्रबन्धक प्रतिष्ठा राईमाझी, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, एनसीसीका उपाध्यक्ष सन्तोष पाण्डे र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले शुभकामना मन्तव्य राख्दै इक्यानको योगदान र उपलब्धिको प्रशंसा गरे।

    कार्यक्रममा विभिन्न अवार्ड वितरण गरियो, जसमा ब्रिटिश काउन्सिल IELTS रजिस्ट्रेशन अवार्ड, इक्यान लाइफटाइम एचिभमेन्ट अवार्ड र टप ट्याक्सपेयर्स अवार्ड समावेश थिए। साथै आफ्ना कम्पनीका लागि ब्रान्ड एम्बासेडर नियुक्त गरेका इक्यान सदस्यहरुलाई पनि सम्मान गरिएको थियो।

    मन्त्री गुरुङले इक्यानको सफलताप्रति शुभकामना व्यक्त गर्दै थप सकारात्मक काम गर्न प्रेरित गरे। कार्यक्रममा स्पोन्सर र अतिथिलाई टोकन अफ लभ प्रदान गरिएको थियो। त्यसपछि ईसीए विभाग प्रमुख गोविन्द खनालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई आभार प्रकट गरे।

    अन्तिममा इक्यान अध्यक्ष शेषराज भट्टराईले समापन मन्तव्य राख्दै इक्यानको यात्रा, उपलब्धि र भविष्यका योजनाबारे प्रकाश पारे। उनले नेपाली विद्यार्थीलाई ग्लोबल कम्पिटेन्ट बनाउन इक्यान निरन्तर अग्रसर रहने बताएका थिए। कार्यक्रमको समापन केक काटेर र नेटवर्किङ डिनरसँगै गरिएको थियो। Photos Link 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend