काठमाडौं – कोरिया एजुकेशन फेयर २०२५ को जानकारी गराउन आज हट्टीसरस्थित नेपाल हाउसमा पत्रकार सम्मेलन सम्पन्न भएको छ। उक्त फेयर भोलि भदौ २१ गते (शनिबार) द एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा आयोजना हुने भएको छ।
पत्रकार सम्मेलनमा केक्यानका द्वितीय उपाध्यक्ष एसपी भट्टarai ले सहभागी पत्रकारलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। त्यस्तै, केक्यानका अध्यक्ष विष्णु खड्का ले फेयरको विस्तृत जानकारी दिँदै कार्यक्रममा कोरियाका २३ वटा विश्वविद्यालयका स्टलहरू रहने जानकारी दिनुभयो। साथै, ७० वटा कोरिया केन्द्रित कन्सल्टेन्सीका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श दिने व्यवस्था गरिएको बताउनुभयो।
यो फेयरमार्फत विद्यार्थीहरूले प्रविधि, फेसन र भविष्यका अवसरहरू सहित दक्षिण कोरियामा उच्च शिक्षाका विविध विकल्पबारे जानकारी पाउनेछन्।
कार्यक्रमको समापन गर्दै ईपीपी गणेश शर्मा ले सबै सहभागी र साझेदारलाई धन्यवाद व्यक्त गर्नुभयो।
फेयरमा प्रवेश निःशुल्क रहेको छ र विद्यार्थीहरूलाई यो अवसर उपयोग गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend