logo

२०८३ साउन १३ बुधबार

एसिया लायन्सलाई क्रिकेट मास्टर्सको उपाधि

एसिया लायन्सलाई क्रिकेट मास्टर्सको उपाधि


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ । कतारको दोहामा सोमबार राति सम्पन्न फाइनलमा ओर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै एसियाले उपाधि जितेको हो ।

    उपाधिका लागि चाहिएको १ सय ४८ रनको लक्ष्य एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एसियाका लागि तिलकरत्ने दिलसानले ५८ रन तथा उपुल थरंगाले ५७ रनको योगदान गरे । जायन्ट्सका लागि समित पटेल, ब्रेट ली र मोन्टी पनेसरले एक–एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले ज्याकिस कालिसले ७८ रनको मदतमा ४ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ४७ रन जोडेको थियो । रोस टेलरले ३२ रन बनाए । एसियाका लागि अबदुर रजाकले २ तथा थिसारा परेराले १ विकेट लिए ।

    पारस प्लेइङ–११ मा रहेपनि उनले ब्याटिङ र बलिङ दुवैको मौका पाएनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend