logo

२०८३ साउन १४ बिहिबार

रियल ड्रीम्स एजुकेशनद्वारा ‘यूके एडमिशन डे २०२५’ सफलता साथ सम्पन्न

रियल ड्रीम्स एजुकेशनद्वारा ‘यूके एडमिशन डे २०२५’ सफलता साथ सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, २७ कार्तिक २०८२
  • 1.8K
    SHARES

    काठमाडौँ — रियल ड्रीम्स एजुकेशनले आयोजना गरेको ‘यूके एडमिशन डे २०२५’ कार्यक्रम शुक्रबार (नोभेम्बर ७) बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म पुतलीसडकस्थित रियल ड्रीम्स अफिसमा सफलता साथ सम्पन्न भएको छ।

    कार्यक्रममा युनिभर्सिटी अफ वेस्ट लन्डन का रीजनल म्यानेजर (South Asia, Middle East & South East Asia) श्री करण मेहराको विशेष उपस्थितिले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्शको अवसर प्रदान गर्‍यो।

    ‘The Career University’ भनेर परिचित युनिभर्सिटी अफ वेस्ट लन्डनले यूकेमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, कोर्स छनोट, र करियर विकासबारे विस्तृत जानकारी साझा गर्‍यो। विद्यार्थीहरूले श्री मेहरासँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै आफ्नो शैक्षिक लक्ष्य र भविष्यका सम्भावनाबारे व्यक्तिगत परामर्श प्राप्त गरे।

    कार्यक्रमको उद्देश्य नेपाली विद्यार्थीहरूलाई यूकेका विश्वसनीय विश्वविद्यालयहरूसँग जोड्ने, र सूचित निर्णय लिन सहयोग पुर्‍याउने रहेको रियल ड्रीम्सले जनाएको छ।

    रियल ड्रीम्स एजुकेशनका प्रतिनिधिहरूले कार्यक्रमको सफलता प्रति सन्तुष्टि व्यक्त गर्दै भने,

    “हामी सबै सहभागी विद्यार्थीहरू र युनिभर्सिटी अफ वेस्ट लन्डनलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। विद्यार्थीहरूको सक्रिय सहभागिता र विश्वविद्यालय प्रतिनिधिको सहयोगले यस कार्यक्रमलाई अत्यन्त सफल बनायो।”

    कार्यक्रमले यूकेमा अध्ययनका अवसरहरूबारे विद्यार्थीहरूमा थप जानकारी र आत्मविश्वास जगाएको छ। रियल ड्रीम्सले भविष्यमा पनि यस्ता अन्तरक्रियात्मक सत्रहरूमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययन अवसरतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    #RealDreamsEducation #UniversityOfWestLondon #UKAdmissionDay2025 #StudyInUK #JupiterMedia #UKNepalEducation #CareerUniversity #StudyAbroadNepal #EducationNews #GlobalOpportunities

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend