logo

२०८३ साउन १३ बुधबार

अर्डन युनिभर्सिटीको ‘ग्लोबल लञ्च टुर’ काठमाडौंमा सम्पन्न — नेपाली साझेदारहरूको उत्साहपूर्ण सहभागिता

अर्डन युनिभर्सिटीको ‘ग्लोबल लञ्च टुर’ काठमाडौंमा सम्पन्न — नेपाली साझेदारहरूको उत्साहपूर्ण सहभागिता


हाम्रो राष्ट्र
  • बिहिबार, २८ कार्तिक २०८२
  • 2.1K
    SHARES

    काठमाडौँ — बेलायतको तीव्र गतिमा बढ्दै गएको प्रतिष्ठित विश्वविद्यालय अर्डन युनिभर्सिटी (Arden University)ले आफ्नो ग्लोबल लञ्च टुर – नेपाल संस्करण काठमाडौंमा सफलता साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रम दुर्सिट  होटल, लाजिम्पाटमा सम्पन्न भएको थियो, जहाँ नेपालभरका अग्रणी शैक्षिक कन्सल्टेन्सी प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा अर्डन युनिभर्सिटीका साउथ एशिया क्षेत्रीय निर्देशक (Regional Director – South Asia) व्योम अग्रवालले सबै सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भने,

    “नेपाली शिक्षा साझेदारहरूले अर्डन युनिभर्सिटीप्रति देखाएको माया र स्वीकृतिले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। यो हाम्रो ब्रान्डको प्रभावकारिता र विश्वासको प्रमाण हो।”

    उनीका अनुसार, अर्डन युनिभर्सिटी अब अन्तर्राष्ट्रिय विद्यार्थी र शिक्षा साझेदारहरूका लागि रोजाइको संस्था बन्ने यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ।

    कार्यक्रममा सहभागी कन्सल्टेन्सीहरूलाई अर्डन युनिभर्सिटीका शैक्षिक कार्यक्रम, लचिलो अध्ययन विकल्पहरू, र क्यारियर केन्द्रित शिक्षण प्रणालीबारे विस्तृत जानकारी दिइयो। विश्वविद्यालयले व्यवसाय (Business), कम्प्युटिङ (Computing), कानून (Law), मनोविज्ञान (Psychology), डेटा एनालिटिक्स (Data Analytics) र हेल्थकेयर म्यानेजमेन्ट (Healthcare Management) लगायतका विषयमा विश्वस्तरिय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    अर्डनका क्याम्पसहरू लन्डन, बर्मिङ्घम, म्यान्चेस्टर, लिड्स र बर्लिन (जर्मनी)मा रहेका छन्। यस विश्वविद्यालयले सस्तो शुल्क संरचना, ब्लेन्डेड लर्निङ (Blended Learning), र रोजगारमुखी शिक्षण पद्धतिका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच लोकप्रियता हासिल गरेको छ।

    कार्यक्रममा सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर नीलम शर्माले नेपाली शिक्षा साझेदारहरूलाई अर्डनसँग सहकार्य गर्न आग्रह गर्दै गुणस्तरीय र पहुँच योग्य यूके शिक्षाको अवसरमा जोड दिइन्।

    सत्रको अन्त्यमा अन्तरक्रिया र नेटवर्किङ सत्रमार्फत सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो। उक्त कार्यक्रमले नेपाल र अर्डन युनिभर्सिटीबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend