logo

२०८३ साउन १३ बुधबार

फ्रान्सको शिक्षा र संस्कृति बुझ्न Alliance Française र Campus France सर्वोत्तम केन्द्र : जुपिटर मिडियाको अवलोकन भ्रमण

फ्रान्सको शिक्षा र संस्कृति बुझ्न Alliance Française र Campus France सर्वोत्तम केन्द्र : जुपिटर मिडियाको अवलोकन भ्रमण


हाम्रो राष्ट्र
  • आइतबार, १ मंसिर २०८२
  • 3.7K
    SHARES

    काठमाडौँ— फ्रान्सको भाषा, संस्कृति र उच्च शिक्षाबारे प्रत्यक्ष जानकारी लिन Jupiter Media को AWSAR कार्यक्रम निर्देशक सुनिल आचार्य नेतृत्वको टोलीले Alliance Française de KatmandouCampus France Nepal को अवलोकन भ्रमण सम्पन्न गरेको छ। भ्रमणको उद्देश्य फ्रान्सले नेपालमा प्रदान गरिरहेको शैक्षिक अवसर, भाषा सिकाइ कार्यक्रम र सांस्कृतिक पहलहरूको गहिरो अध्ययन तथा दस्तावेजिकरण गर्नु थियो।

    भ्रमणका क्रममा टोलीले Alliance Française de Katmandou का निर्देशक डॉ. सिल्भां स्वा (Dr. Sylvain Choin) सँग भेटघाट गर्‍यो। नेपालमा फ्रान्सेली भाषा र संस्कृतिको प्रसार, गुणवत्ता केन्द्रित शैक्षिक कार्यक्रम, र विविध सांस्कृतिक गतिविधिबारे उहाँले दिएको विस्तृत जानकारीले भ्रमण टोलीलाई अत्यन्त प्रेरित बनायो। डॉ. स्वा ले Alliance Française लाई “नेपाल–फ्रान्स सांस्कृतिक पुल” को रूपमा परिचित गराउन लागेको प्रयास उल्लेखनीय रहेको बताए।

    यसपछि टोलीले Campus France Nepal का प्रमुख प्रविन विक्रम राणा (Prabin Bikram Rana) सँग समेत छलफल गर्‍यो। उनले फ्रान्सका विश्वविद्यालयहरूले प्रदान गर्ने उच्च गुणस्तरीय शिक्षा, किफायती शुल्क संरचना, विभिन्न छात्रवृत्ति कार्यक्रम, PSW (Post Study Work) अवसर, र नेपाली विद्यार्थीहरूका लागि Campus France बाट उपलब्ध हुने ‘one-stop guidance service’ का बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

    Alliance Française को पुस्तकालय, जहाँ नीलम पराजुली जिम्मेवार रहनुहुन्छ, पनि टोलीले अवलोकन गर्‍यो। विद्यार्थी र शोधकर्ताका लागि समृद्ध स्रोतसामग्री उपलब्ध गराउने यो पुस्तकालय नेपाली समाजमा फ्रान्सेली भाषा र साहित्यलाई अझ नजिक ल्याउने महत्वपूर्ण माध्यम बनेको छ।

    यसै क्रममा टोलीले अत्याधुनिक डिजिटल कला–संग्रहालय Micro-Folie समेत अवलोकन गर्‍यो। विश्वका उत्कृष्ट संग्रहालयहरू— जस्तै Louvre, Musée d’Orsay, Centre Pompidou — का कला तथा सांस्कृतिक सामग्रीहरूलाई डिजिटल रूपमा प्रस्तुत गर्ने यो परियोजनाले नेपालमा अन्तर्राष्ट्रिय कला र सांस्कृतिक शिक्षा बुझ्न नयाँ ढोका खोलिदिएको छ।

    भ्रमणपछि Jupiter Media का निर्देशकका अनुसार—
    “Alliance Française र Campus France नेपालमा फ्रान्स अध्ययनका लागि सबैभन्दा विश्वसनीय र सरकारी रूपमा मान्यता प्राप्त प्लेटफर्म हुन्। फ्रान्स दूतावासअन्तर्गत सञ्चालन हुने यी संस्थाबाट प्राप्त जानकारी शुद्ध, अद्यतन र विद्यार्थीमैत्री हुन्छ। फ्रान्समा अध्ययन गर्न इच्छुक प्रत्येक नेपाली विद्यार्थीले यिनै केन्द्रहरूबाट मार्गदर्शन लिनु उत्तम निर्णय हुनेछ।”

    भ्रमणले देखाएको यथार्थ के हो भने—
    फ्रान्सले भाषा, संस्कृति र उच्च शिक्षालाई आपसमा जोडेर विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अवसरको विशाल संसार पहुँचमा ल्याइरहेको छ। Jupiter Media ले यस अवलोकनमार्फत प्राप्त सबै जानकारीहरू AWSAR टेलिभिजन कार्यक्रममार्फत दर्शक र विद्यार्थी समुदायसम्म पुर्‍याउने जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend