logo

२०८३ साउन १३ बुधबार

अन्तर्राष्ट्रिय अनुसन्धानमा नेपालीको उत्कृष्ट योगदान : डा. वाग्लेको ‘आई-जेल’ थेरापीले विश्वका बालबालिकामा आशा जगायो

अन्तर्राष्ट्रिय अनुसन्धानमा नेपालीको उत्कृष्ट योगदान : डा. वाग्लेको ‘आई-जेल’ थेरापीले विश्वका बालबालिकामा आशा जगायो


हाम्रो राष्ट्र
  • बुधबार, ४ मंसिर २०८२
  • 5.9K
    SHARES

    अस्ट्रेलिया : डा. सुस्विन वाग्लेले जन्मजात आँखाका रोगबाट बालबालिकाको अन्धोपन रोक्ने क्रान्तिकारी ‘आई-জेल’ उपचार विकास गर्दै, ४२९,००० डलरको प्रतिष्ठित अन्तर्राष्ट्रिय फेलोशिप प्राप्त गरेका छन्।

    कर्टिन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. सुस्विन वाग्लेले जन्मजात रेटिनल रोगका कारण दृष्टि गुम्दै गरेका बालबालिकालाई बचाउन सकिने नयाँ ‘आई-जेल थेरापी’ विकास गर्न लागेका छन्।

    डा. वाग्लेलाई यस pioneering परियोजनाका लागि कुल ४२९,००० डलरको २०२५ Early-Career Child Health Researcher Fellowship प्रदान गरिएको छ, जुन WA को Future Health Research and Innovation Fund, Stan Perron Charitable Foundation र BrightSpark Foundationको संयुक्त सहयोग हो।

    विश्वभर २ मिलियनभन्दा धेरै मानिस प्रभावित यी आनुवंशिक आँखाका रोगहरू महँगा र जटिल जीन थेरापीका कारण अधिकांश बालबालिकाका लागि उपचारविहीन बन्न पुगेका छन्।

    डा. वाग्लेले सुपरभाइजर डा. हानी अल–सलामीसँग मिलेर कर्टिन विश्वविद्यालयमा विकसित नयाँ एन्टिअक्सिडेन्ट औषधि ‘HA1’ आधारित पीडारहित र सुरक्षित आई-জेल तयार गर्दैछन्। प्रारम्भिक नतिजाले HA1 ले रेटिनालाई गहिरोसम्म सुरक्षा दिन सक्ने र कोशिकाको ऊर्जा प्रणालीलाई सक्रिय राख्ने देखाएको छ।यस अनुदानबाट आई-জेलको फर्मुला सुधार, सुरक्षा–प्रभावकारिता परीक्षण र क्लिनिकल ट्रायलतर्फ तयारी गर्ने कार्य अघि बढ्नेछ।

    वैज्ञानिक उपलब्धिमा नेपालीको योगदान,डा. वाग्लेको अनुसन्धान विश्वभरका बालबालिकाका लागि आशा बन्ने अपेक्षा गरिएको छ। सस्तो, सुरक्षित र सहज रूपमा प्रयोग गर्न मिल्ने उपचार बन्न सकेमा, यसले वैश्विक बाल–स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय खोल्ने विशेषज्ञहरूको भनाइ रहेको छ्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend