logo

२०८३ साउन १४ बिहिबार

सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.2K
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन् । मंगलबार गोरखा पुगेका प्रधानमन्त्रीले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताएका हुन् ।

    उनले प्रदेश सरकारमा आलोपालो प्रणाली हुने बताए । उनले भने, ‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिन्छौं अनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रुपमा अगाडि बढाउँछौं।’

    प्रधानमन्त्रीले आफू सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताए । उनले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend