काठमाडौं : हनोइमा सम्पन्न १०५औँ एसियन एथलेटिक्स काउन्सिल (एएसी) बैठकमा कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहलाई प्रतिष्ठित ‘एसियन एथलेटिक्स पिन अवार्ड’ सम्मान प्रदान गरिएको छ। एसियन एथलेटिक्सका अध्यक्ष जेनरल डाहलानले विशेष समारोहबीच शाहलाई अवार्ड हस्तान्तरण गरेका हुन्। दक्षिण कोरियाको गुमीमा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रदान हुन नसकेको यो सम्मान शाहले यस पटक भियतनामको हनोइमै ग्रहण गरेका हुन्।

पुरस्कार हात पारेपछि नेपाल एथलेटिक्स संघका अध्यक्ष समेत रहेका शाहले भने, ‘नेपालका लागि, नेपाल एथलेटिक्स संघका लागि यो अत्यन्त ठूलो गर्वको क्षण हो। सम्मान ढिलो भए पनि पाउनु नै ठूलो गौरव हो।’
एथलेटिक्स संरचना, अन्तर्राष्ट्रिय समन्वय तथा संघको संस्थागत विकासमा उनले वर्षौंदेखि गरेको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। यस उपलब्धिले नेपाल एथलेटिक्स र कर्णाली प्रदेश दुवैको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत भएको विश्वास गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend