logo

२०८३ साउन १३ बुधबार

एल्महर्स्ट विश्वविद्यालयका अध्यक्षको विशेष साझेदार कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न

एल्महर्स्ट विश्वविद्यालयका अध्यक्षको विशेष साझेदार कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, १० मंसिर २०८२
  • 1.1K
    SHARES

    ग्लोबल युनि सर्चको आयोजनामा काठमाडौँको होलिडे इन तङ्गालस्थित संगम हलमा आयोजित विशेष साझेदार अन्तरक्रिया तथा उत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिएको थियो।

    समारोहको मुख्य आकर्षण एल्महर्स्ट विश्वविद्यालयका अध्यक्ष श्री ट्रोयको नेपाल आगमन तथा शिक्षा क्षेत्रका साझेदारहरूसँगको प्रत्यक्ष भेटघाट रह्यो। छनोट गरिएका शिक्षा प्रतिनिधिहरूले मात्र सहभागिता जनाएको यो कार्यक्रममा दुवै संस्थाबीचको सहकार्य र भविष्यका योजना बारे विस्तृत छलफल भयो।

    कार्यक्रममा अध्यक्ष श्री ट्रोयले नेपालका युवाहरूको क्षमता, प्रतिभा र अवसर पहिचान गर्ने क्षमताको उच्च प्रशंसा गर्दै एल्महर्स्ट विश्वविद्यालयले नेपालसँगको शैक्षिक सहकार्य अझ विस्तार गर्दै लैजाने प्रतिज्ञा व्यक्त गरे।

    त्यसैगरी, एल्महर्स्ट विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रमुख ज्याक्सन सुवेदीले नेपालका विद्यार्थीबीच संस्थाको लोकप्रियता बढ्दो क्रममा रहेको उल्लेख गर्दै ग्लोबल युनि सर्चले गुणस्तरीय परामर्श, जिम्मेवार सेवा र पारदर्शी मार्गनिर्देशन प्रदान गर्दै आएको प्रशंसा गरे।
    उनले भने—

    “ग्लोबल युनि सर्च हाम्रो विश्वसनीय शैक्षिक साझेदार हो। नेपालका विद्यार्थीहरूलाई सही अवसर पहिचान गरी उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्दै आएकोमा हामी कृतज्ञ छौँ।”

    कार्यक्रमका सहभागीहरूले विश्वविद्यालयका वरिष्ठ नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको प्रतिक्रिया दिए। अन्त्यमा राखिएको मैत्रीपूर्ण अन्तर्क्रिया तथा परिचय आदान–प्रदान सत्रले दुवै संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाएको थियो।

    यस सफल कार्यक्रमले एल्महर्स्ट विश्वविद्यालय र ग्लोबल युनि सर्चबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ मार्ग खुल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend