काठमाडौं । आज नेपालको सुनचाँदी बजारमा उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, एक तोलामा सुनको मूल्य रु. ४०० ले घटेर रु. २ लाख ४८ हजार ४०० कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य रु. ६० ले बढेर तोलामा रु. ३ हजार २८० पुगेको छ।हिजो सुन रु. २ लाख ४८ हजार ८०० र चाँदी रु. ३ हजार २२० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४,१५४ डलर र चाँदी ५३ डलरमा खरिदबिक्री भइरहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend