logo

२०८३ साउन १४ बिहिबार

एनपिएलमा विराटनगर किंग्सको दमदार जित, कर्णाली याक्स ७ विकेटले पराजित

एनपिएलमा विराटनगर किंग्सको दमदार जित, कर्णाली याक्स ७ विकेटले पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, १३ मंसिर २०८२
  • 2.5K
    SHARES

    काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले कर्णाली याक्सलाई ७ विकेटले हराउँदै अंक तालिकामा आफ्नो दोस्रो स्थान सुरक्षित गरेको छ। १६१ रनको लक्ष्य विराटनगरले अन्तिम ओभरको पाँचौं बलमै पूरा गर्‍यो।

    विराटनगरका बसिर अहमेद खेलका नायक बने। उनले ४३ बलमा अविजित ६२ रन प्रहार गर्दै अन्तिम ओभरमा २ बलमा ४ रन आवश्यक पर्दा शानदार छक्का प्रहारमार्फत खेल टुंग्याए। साथमा नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हेजलेटले १६ रन जोडे।

    यसअघि पहिलो ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो। टीमका प्रियक पञ्चालले ६३ रनको उत्कृष्ट पारी खेले भने विलियम बसिस्टोले ४८ र गुल्सन झाले २० रन योगदान दिए।

    जितसँगै विराटनगरले ५ खेलबाट ८ अंक बटुलेर दोस्रो स्थान कायम राखेको छ। कर्णाली याक्स भने २ अंकसहित पाँचौँ स्थानमै सीमित रह्यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend