पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले काठमाडौं बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ कम्प्युटर ल्याब उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। पाकिस्तानी जनताको यस योगदानले नेपालको शिक्षा र डिजिटल शिक्षणमा निरन्तर सहयोग पुर्याउने उद्देश्य राखेको छ।
उद्घाटन समारोहमा समुदायका नेताहरु, स्थानीय सरकारका प्रतिनिधिहरु, सामाजिक तथा नागरिका व्यक्तिहरु उपस्थित थिए। तिनमा पूर्व राज्यपाल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिपेन्द्र बहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बाबु कोईराला, शिक्षक अभिभावक संघका अध्यक्ष देबखर भट्टराई, काठमाडौं महानगरपालिका वडा नं १३ का अध्यक्ष ध्रुब नारायण मानन्धर, जिल्ला शिक्षा समन्वय प्रमुख डा. समन्तमणि आचार्य, के.एम.सी. शिक्षा विभाग प्रमुख केशव ज्ञवाली, तथा विद्यालय प्रमुख विष्णु घिमिरे रिमालको उपस्थिति थियो।
ज्ञानोदय विद्यालयमा पाकिस्तानको दीर्घकालीन सहयोगको प्रशंसा गरियो। विद्यालयको पहिलो कम्प्युटर ल्याब २०१३ मा प्रदान गरिएको थियो र विगत १२ वर्षदेखि विद्यार्थीको सेवामा छ। नयाँ ल्याबमा ४०+२ नयाँ कम्प्युटर, नयाँ फर्निचर, उन्नत फ्लोरिङ्ग उपलब्ध गराइएको छ र उच्च कक्षाका विद्यार्थीलाई ICT शिक्षा दिन प्रयोग गरिनेछ। पुरानो ल्याबलाई पुनःसज्जित गरी प्राथमिक कक्षामा स्थानान्तरण गरिएको छ, जसले प्रारम्भिक डिजिटल शिक्षामा योगदान पुर्याउनेछ।
राजदूत हाश्मीले विद्यालय नेतृत्व, शिक्षक र समुदायको सक्रिय सहभागिता, समर्पण र प्रभावकारी व्यवस्थापनको प्रशंसा गर्दै यसले दीर्घकालीन र दिगो शैक्षिक परिणाम दिएको बताएका छन्। स्नातक विद्यार्थीहरूसँगको सम्बोधनमा उनीहरूले आधुनिक शिक्षा र डिजिटल रूपान्तरण स्वीकार्दै सांस्कृतिक परम्परा र मूल्यहरूसँग जोडिएको रहनुपर्ने महत्वलाई जोड दिनुभयो। साथै, सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कृत्रिम बौद्धिकता, ई–कमर्स, नवप्रवर्तन, र फिनटेक जस्ता उदाउँदो क्षेत्रमा अवसर खोज्न आग्रह गर्नुभयो।
विद्यार्थी र समुदायका नेताहरूले विद्यालयमा ‘नेपाल–पाकिस्तान मैत्री समाज’ स्थापना गर्ने घोषणाको प्रशंसा गरेका छन्। साथै, विद्यालयका संगीत तथा खेलकुद समाजमा प्याकिस्तान दूतावासको समर्थनको प्रतिबद्धतालाई स्वागत गर्दै, यस पहलले दुई देश र जनताबीचको मित्रता अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend