logo

२०८३ साउन १३ बुधबार

अपाङ्गता भएका व्यक्तिको हक–अधिकार कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्छ: राष्ट्रपति रामचन्द्र पौडेल

अपाङ्गता भएका व्यक्तिको हक–अधिकार कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्छ: राष्ट्रपति रामचन्द्र पौडेल


हाम्रो राष्ट्र
  • बुधबार, १८ मंसिर २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानहरू व्यवहारमै लागू गर्न राज्य जिम्मेवार बन्नुपर्ने बताएका छन्। ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीमा वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सेवासुविधामा समान पहुँच सुनिश्चित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।

    उहाँले कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडकदेखि सार्वजनिक तथा निजी संरचनामा अपाङ्गता मैत्री भौतिक पूर्वाधार निर्माण तत्काल आवश्यक रहेको पनि बताए। समाजमा रहेका नकारात्मक धारणा हटाई समावेशी र भेदभावरहित वातावरण निर्माण गर्न सरकार, परिवार, समाज र संस्थाको साझा भूमिका अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

    अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार प्रवर्द्धनका लागि सन् १९९२ देखि हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आएको छ। नेपालमा यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ नाराका साथ विभिन्न कार्यक्रम हुँदैछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend