logo

२०८३ साउन १४ बिहिबार

नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

नौ हजार कर्मचारी कटौती गर्दै अमेजन


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 923
    SHARES

    अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना घोषणा गरेका हुन् ।

    एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो ।

    कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend