logo

२०८३ साउन १४ बिहिबार

सर्लाही क्षेत्र नं. ३ मा कांग्रेसको उमेदवार युवा नेता निरोज कार्की सहित ९ जना सिफारिस प्रक्रिया सम्पन्न

सर्लाही क्षेत्र नं. ३ मा कांग्रेसको उमेदवार युवा नेता निरोज कार्की सहित ९ जना सिफारिस प्रक्रिया सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, २८ मंसिर २०८२
  • 3.7K
    SHARES

    Screenshot

     

    सर्लाही (बरहथवा): आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस क्षेत्रीय समितिले ९ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार र शनिबार सम्पन्न बृहद् भेलाले विस्तृत छलफलपछि शनिबार राति नामावली अन्तिम रूप दिँदै सिफारिस गरेको हो।

    क्षेत्र नं. ३ बाट उम्मेदवारका रूपमा सिफारिस हुनेमा जिल्ला सचिव तथा युवा नेता निरोज कार्की, हरेशप्रसाद महतो, विनोदकुमार खनाल, कृष्णदेव राय, रामबली राय, यशोदा निरौला चालिसे, माया कार्की बस्नेत, निरमुनी मैनाली र रमेशकुमार निरौला रहेका छन्।

    यसअघि सर्लाहीका अन्य निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवार सिफारिस भइसकेका छन्। निर्वाचन क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी र मन्दिरा आचार्यको नाम सिफारिस भएको छ भने क्षेत्र नं. २ बाट कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार र जयहरि श्रेष्ठ तथा क्षेत्र नं. ४ बाट पार्टी महामन्त्री गगनकुमार थापा र मधेस प्रदेश उपसभापति बिरेन्द्र कुमार सिंह सिफारिस भएका छन्।

    जिल्लाका चारै निर्वाचन क्षेत्रबाट आएका सिफारिस सूचीमाथि जिल्ला कार्य समितिको बैठकले छलफल गर्ने तयारी भइरहेको छ। क्षेत्रीय समितिको सिफारिसका आधारमा सम्भावित उम्मेदवारहरूको नाम प्रदेश र केन्द्रीय कार्य समितिमा पठाइने जिल्ला सचिव निरोज कार्कीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend